• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

रेडियो नाटकका ‘बोल्ड’ अभिनेता काठमाडौं महानगरको रथ हाँक्ने प्रतिस्पर्धामा

64x64
नेपाल लाइभ सोमबार, वैशाख १२, २०७९  १२:५३
1140x725

काठमाडौं– प्रायः हरेक दशैँमा रेडियो नेपालले बजाउने ‘महिषासुर वध’ नाटकमा राक्षसको ठूलो आवाजको हाँसो धेरै स्रोताले अझै सम्झिरहेको हुनुपर्छ। घटनस्थापनादेखि यो नाटक नौ दिनसम्म हरेक दिन दिउँसो १ बजे बज्ने गर्थ्यो।

१ बजेपछि मालश्री धुन बज्थ्यो। अनि, प्रस्तोताले उद्घोष गर्थे–
अब प्रस्तुत छ नाटक– महिषासुर वध
लेखक– गोपालप्रसाद ज्ञवाली
निर्देशक– मदनदास श्रेष्ठ  

निर्देशक मदनदास कलाकार पनि हुन्। नाटकमा राक्षसको ठूलो आवाजको हाँसो हाँस्ने मदनदास नै थिए। उनै मदनदास फेरि चर्चामा छन्। तर, यसपटक कलाकारिताबाट होइन, राजनीतिको कारण। उनलाई राप्रपाले काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

नाटकको पात्रभित्र हराउने मदनदास अहिले बिहानदेखि रातिसम्मै फुसर्दमा छैनन्। उनलाई भेट्न आउने कार्यकर्ताको भिडभाड छ। चुनावी अभियानको खाका कोर्न उनको सहयोगी समूह नै लागेको छ। त्यसैले अहिले उनी नाटकबारे सोच्न भ्याउँदैनन्।

उनी २०२१ सालदेखि कलाकारितामा लागेका हुन्। पछिल्लो समय रेडियो नाटकको चलन हराउँदै गएपछि साना तथा ठूला पर्दामा केन्द्रित भएका थिए। हाँस्य टेलिश्रृंखलाहरूमा अभिनय गर्थे।

रेडियो नाटकबाहेक मदनदास २०२७ सालदेखि रंगमञ्चमा पनि सक्रिय भए। त्यही वर्षदेखि उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ‘क’ श्रेणीको कलाकारको जागिर सुरु गरे। त्यहाँको जागिर छोडेर उनी साझा प्रकाशनमा कैलाली शाखा प्रमुख हुन गए। त्यहाँ पनि धेरै बस्न सकेनन् र फेरि काठमाडौं फर्केएर नाटकमा नै केन्द्रित हुन थाले।

त्यसपछि रेडियो नेपालमा करारमा जागिर खान थाले। उनी २०३५ सालमा त्यहाँको स्थायी जागिरे भए। रेडियो नेपालमा काम गर्दा उनको निर्देशनमा बनेको ‘महिषासुर वध’ नाटकले उनलाई चिनायो। ‘दशैंको नौ दिनसम्म चल्ने नाटकले मलाई बेग्लै पहिचान दियो। धेरैले चिने,’ उनले भने, ‘त्यसपछि मैले तिहारमा पनि पञ्चक शुरु भएदेखिका पाँच वटा नाटक बनाएँ। ती पनि स्रोताले मन पराए।’

यी नाटकबाट हौसला पाएपछि उनले स्वस्थानी व्रत कथालाई पनि रेडियो नाटकमा रुपान्तरण गरे। माघ महिनाभरि यो नाटक चल्ने भएकाले यसका ३१ वटा भाग बने। शहीद दिवसमा पनि नाटक बनाएर बजाउन थाले। यीबाहेक चेलिबेटी बेचबिखन र जनचेतनामूलक नाटकहरू गरे। चर्चित नेताहरुको जीवनीको समेत रेडियो नाटक बनाए। उनैले बनाएको ‘वीर गणेशमान’ रेडियो नाटक धेरैले रुचाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अब भने उनी संघीय राजधानी भएको काठमाडौं महानगर हाँक्न कस्सिएका छन्। सोमबार नेपाल लाइभसँग कुराकानी गर्दा उनी चुनाव प्रचारमै व्यस्त थिए। ‘पहिलाजस्तो प्रचारको शैली छैन। अहिले त फोनमा, भेटघाटमा र तपाईंहरु जस्तै सञ्चारमाध्यमलाई आफ्ना कुरा सुनाउने हो,’ उनले  भने, ‘मेरो सबै कुरा प्रष्ट लेखिदिनु होला, म  अरु पुरानाजस्तो हैन। केही गर्ने चाहना र हिम्मतले मेयरको टिकट स्वीकार गरेको हुँ।’ 

आफू योजना र कार्यक्रमसहित चुनावी प्रतिश्पर्धामा आएको मदनदास बताउँछन्। ‘म विगतमा पनि काठमाडौंमै सामाजिक काममा लागेको थिएँ, अब त्यही काम राज्यको निकायमा बसेर गर्ने अवसर खोजेको हुँँ,’ उनले भने ‘घट्टेकुलोमा जेष्ठ नागरिक अभियानदेखि दोलखाको फिल्म सिटी निर्माणमा पहलकदमी लिएको अनुभवले मलाई महानगरमा धेरै गर्न सकिने अनुभव छ।’  

विगतमा अन्य राजनीति दलहरुले पनि आफूलाई उम्मेदवारको प्रस्ताव गरेको उनी बताउँछन्। तर, स्वीकार गरेका थिएनन्। ‘मैले यसपटक केही सोचविचार गरेर नै उम्मेदवार बन्न स्वीकार गरेको हुँ,’ उनले भने, ‘महानगरको मेयरमा विजयी हुन्छु भन्ने मलाई लागेको छ। नगरवासीले मलाई पक्कै पनि विजयी गराउँछन्।’ 

फोहोर व्यवस्थापन, व्यवस्थित सडक सञ्जालजस्ता काम आफ्नो प्राथमिकतामा पर्ने उनले बताए। ‘फोहोर व्यवस्थापनमा महानगरले गर्न सक्ने काम पनि गरेन। स्थायी रुपमा व्यवस्थापन हुन सकेन,’ उनले भने ‘मेरो पहिलो काम नै यो व्यवस्थापन हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै युवाहरूको स्वरोजगार र गुणस्तरीय तथा सुलभ शिक्षा पनि आफ्नो प्रमुख अजेण्डा भएको उनले बताए। ‘अहिले टोलमा पुराना चोकहरु र खेल्ने ठाउँ हराएका छन्। यसलाई पुनस्र्थापित गर्ने मेरो प्रमुख काम हुनेछ,’ उनले भने ‘जेष्ठ नागरिक र बालबालिकालाई खेल्ने पार्क बनाउने काम गर्नेछु। यसका लागि सरकारी जग्गा सदुपयोग गर्नुपर्छ।’ महानगरमा रहेका अतिक्रमित सरकारी जग्गा आफूले खोज्ने उनको दाबी छ। 

‘ठमेल जस्ता पर्यटकीय क्षेत्र र पर्यटन भित्राउने ठूलो सम्भावना भएको ठाउँ महानगरमा छ, तर हामीले योजनाबद्ध काम गर्न सकेनौँ र चुक्यौँ,’ उनले भने, ‘नेतृत्वमा भएका मान्छेको इच्छाशक्ति र गर्ने आँट हुने हो भने महानगरलाई पर्यटकीय र धार्मिक शहर बनाउन सकिन्छ।’ उनले यहाँका संस्कृतिहरूलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन सकिने बताए।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्