काठमाडौं– नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट उम्मेदवार बनेका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार राति उम्मेदवार टुंगो लगाएको हो।
विष्ट नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका सभापति हुन्। नेपालगन्ज नगर सभापतिमा उनको यो तेस्रो कार्यकाल हो।
टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् कांग्रेस नेतृ उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवम् २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा. सुरेशकुमार कनोडियो अन्तिम प्रतिस्पर्धामा थिए।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन्। जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।