काठमाडौं– नेपाली कांग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो। नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको आइतबारको बैठकले महानगरका उम्मेदवारको निर्णय गर्ने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो।
सभापतिले नेता शेखर कोइरालानिकट रहेका नागेश कोइरालालाई नै उम्मेदवार बनाउने निर्णय गरेका हुन्। विराटनगरको मेयरमा उम्मेदवारी बनाउने विषयमा नेता कोइराला र कृष्णप्रसाद सिटौलाबीच विवाद थियो।
उनीहरुले आफू निकटका लाई उम्मेदवार बनाउन खोजेपछि सहमति हुन सकेको थिएन। सिटौलाले अहिलेका मेयर भीम पराजुलीलाई नै निरन्तरता दिन चाहेका थिए।
अन्तिम समयमा आएर नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।