पर्वत- ९० वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा पर्वतको मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन्।
पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए।
बोल्न समेत नसक्ने पीडित वृद्धालाई परियारले २०७५ बैसाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।