काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरले बेलडाँडी गाउँपालिका बाहेका अन्य ८ वटै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ। गठबन्धनमा सहमति जुटाउने प्रयास अन्तिमसम्म पनि सफल नभएपछि त्यहाँ कांग्रेसले एक्लै निर्वाचन लड्ने निर्णय गरेको थियो।
नेपाली कांग्रेसको तर्फबाट भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। बोगटी यसअघि २०७४ को स्थानीयतहको निर्वाचनमा पनि भीमदत्तको मेयरमा प्रतिस्पर्धा गरेका थिए।
उनी अहिले नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिसमेत हुन्। त्यस्तै उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
दोधारा–चाँदनीमा मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशी, शुक्लाफाँटाको मेयरमा चिन्तामणि भट्ट र उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा र उपमेयरमा द्रौपदी राना, पुनर्वासको मेयरमा तोयानार्थ शर्मा र उपमेयरमा भुलिया राना, बेलौरीको मेयरमा होसियार विष्ट र उपमेयरमा खिना भण्डारी, लालझाँडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
बेलडाँडी गाउँपालिकामा भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ। दिउँसोसम्म बेलडाडीमा पनि टुंगो लगाएर मनोनयन दर्ता गर्ने तयारी भइरहेको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।