काठमाडौं– नुवाकोटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गरेर जाने सहमति भएको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दुई पार्टीले संयुक्त उम्मेदवार बनाएर निर्वाचनमा जाने सहमति गरेका हुन्।
नेकपा माओवादी केन्द्रले ८ वटा प्रमुखमा उम्मेदवारी दिने भएको छ भने नेकपा एकीकृत समाजवादीले एक स्थानीयतहको प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ।
सहमति नभएका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने पनि दुई पार्टीबीच सहमति भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।