काठमाडौं– नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा नयाँ उम्मेदवार खडा गर्ने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उपमेयरमा मञ्जु गुरूङलाई उम्मेदवार बनाउने निर्णय भएको थियो।
पौडेललाई उम्मेदवार बनाएको विषयमा पार्टीभित्रै असन्तुष्टि र उनको विवादास्पद सिसिटिभी फुटेज बाहिरिएपछि उम्मेदवार परिवर्तन गर्न नेतृत्वलाई दबाब बढेको थियो। पार्टी अध्यक्षसहितका नेताहरुको गृहकार्यपछि त्यहाँ कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो। भने उपमेयरमा भने गुरूङ्गनै उम्मेदवार बनाउने निर्णय गरिएको छ।
नेकपा एमालेका संगठनविभाग प्रमुख एवम् स्थायी कमिटी सदस्य खगराज अधिकारीले पनि पोखरामा महानगरपालिकामा पार्टीले कृष्ण थापालाई महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको पुष्टि गरे।
मेयरमा प्रस्तावित थापा गण्डकी प्रदेश सभा सदस्यसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।