काठमाडौं– सिन्धुपाल्चोकको चौतरा साँगाचोकगढीका बहालवाला प्रमुख अमानसिंह तामाङले पुनः उम्मेदवारी दिने भएका छन्।
गत स्थानीय चुनावमा नेकपा माओवादीका तर्फबाट विजयी बनेका तामाङले यसपटक स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेका हुन्।
पार्टी कमिटीले सिफारिस गरी केन्द्रबाट पनि आफूलाई टिकट दिएपनि सभामुख तथा सोही क्षेत्रका सांसद अग्निप्रसाद सापकोटाका कारण आफ्नो टिकट खोसेकाले आफूले जनमतको कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
सभामुखको एकल निर्णयमा टिकट अपहरण गरेको उनको आरोप छ। सो नगरपालिका सभामुख सापकोटाको गृहनगर पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।