काठमाडौं– नेकपा एमालेले विराटनगर महानगरपालिकामा गठबन्धनकाे चुनाैती नयाँ पुस्ताकाे जिम्मा लगाएकाे छ।
नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। एमालेले पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै उपमेयरमा महानगर कमिटीका उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
शनिबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले भने निर्णय गरेको थिएन। आइतबार अबेर राति भएको छलफलपछि विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लागेको हो।
केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, महेश भट्टराई र महानगर कमिटी अध्यक्ष सागर थापाको नाम सिफारिस महानगर कमिटीले केन्द्रमा सिफारिस गरेको थियो भने प्रदेश कमिटीले केन्द्रीय सदस्य जीवन घिमिरेको पनि नाम सिफारिस गरेको थियो।
ती नाम मध्ये केन्द्रले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यसैगरी उपमेयरमा शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।