काठमाडौं– काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन्।
आइतबार साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जना र अन्य ८७ वडा सदस्यहरूले पनि राजीनामा दिएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए।
स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन्।
महानगरको ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षले भने राजीनामा दिएका छैनन्। आवज पनि उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अन्य जनप्रतिनिधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ।
निर्वाचनमा उमेदवारी नदिने हो भने राजीनामा दिनुपर्ने छैन। कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।