• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय निर्वाचनबारे सर्वसाधारण : कसैलाई चासो, कोही निराश

64x64
नेपाल लाइभ सोमबार, वैशाख १२, २०७९  ०७:००
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएपछि दलका गतिविधि बढेका छन् भने उम्मेदवारको चर्चा पनि चुलिएको छ। कुन दलबाट को र कहाँ उम्मेदवार बन्दैछन् भन्ने चासो आम जनतामा पनि देखिन्छ। खासगरी महानगर, उपमहानगर र ठूला शहर रहेका नगरपालिकाबारे चासो छ। त्यसैगरी, दलका शीर्ष नेताहरूको गृहजिल्लामा बनेका गठबन्धन र उम्मेदवारबारे पनि चर्चा छ।

केन्द्रमा सत्ता गठबन्धनले चुनावी तालमेलको निर्णय गरे पनि कतिपय स्थानमा भागबन्डा नहुँदा एक्लाएक्लै निर्वाचनमा जाने अवस्था आएको छ। तालमेलमा नमिले ‘मित्रवत् प्रतिश्पर्धा’ गर्ने तर, अन्य पार्टीसँग नमिल्ने सहमति शीर्ष तहमा भएको छ। कतै कांग्रेस–एमाले र कतै एमाले–माओवादी केन्द्रबीच पनि तालमेल भएको छ।

रुकुमको सिस्ने गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको छ। त्यहाँ माओवादी एक्लै चुनाव लड्दैछ। २०७४ सालको स्थानीय निर्वाचनमा पनि एमाले–कांग्रेस गठबन्धनविरुद्ध एक्लै प्रतिश्पर्धा गरेर माओवादी विजयी भएको थियो।

यता, ललितपुर महानगरपालिकामा एकीकृत समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ। त्यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा पूर्व जिल्ला सभापति कर्ण मल्लको समूहले बीपी कांग्रेसका तर्फबाट एमालेसँग तालमेल गरेको छ।

चुनाव नजिकिँदै गर्दा देखिएका यस्ता रोचक घटनाले आममानिसमा झनै चासो बढाएको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गर्ने मिति तोके पनि ठूला दलले अधिकांश स्थानमा अझै उम्मेदवारी दर्ता गरेका छैनन्। कतिपय स्थानमा उम्मेदवार तय हुन बाँकी छ भने कतिपयमा निश्चित भएर पनि बागीलाई रोक्न अन्तिम समयमा मात्र उम्मेदवारी दिने तयारीमा शीर्ष दल छन्।

Ncell 2
Ncell 2

जनताले आफ्नो घर आँगनको जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न अब १८ दिन बाँकी छ। यस्तो बेला सर्वसाधारणको चासो र बहसको विषय बन्नु स्वाभाविक हो। तर, जोरपाटी चोकको धुलाम्मे सडक किनारामा बसेर महिलाका लुगा बेच्ने ७० वर्षीय अंगुरी खातुनलाई निर्वाचनबारे धेरै चासो छैन। भोट भने हाल्न जाने योजनामा छिन्।

अंगुरी खातुन

उनको घर इनरुवा हो। मतदानका लागि इनरुवा जाने उनको योजना छ। उनी भन्छिन्, ‘आफूले पढेको छैन, केही जान्दिनँ। को कस्तो हो, राम्रो नराम्रो के हो भन्ने छोराछोरी जान्दछन्।’ राम्रो काम गर्ने मान्छेलाई मत दिने उनी बताउँछिन्। 

जोरपाटी चोकमै लुगा सिलाइको काम गर्ने सिन्धुलीका बलबहादुर विकलाई आउँदै गरेको स्थानीय निर्वाचनबारे राम्रोसँग जानकारी छ। आफ्नो मताधिकारको प्रयोग गर्न जसरी भए पनि गाउँ जाने उनले बताए। उनी भन्छन्, ‘विकास गर्ने र गाउँमै रोजगारी दिन सक्ने मान्छेलाई हेरेर भोट दिन्छु।’ उनी विस्तारै परिवर्तन र विकास हुँदै जाने कुरामा आशावादी छन्। 

बलबहादुर विक

नारायणटार पिपलबोट छेउ ठेलागाडामा लुगा बेच्ने सावित्री भने चुनावबारे सोध्नेबित्तिकै आक्रोशित भइन्। ‘जतिसुकै चुनाव आए पनि, जोसुकै नेता आए पनि आफ्नो जीवन परिवर्तन हुने हैन, त्यसैले यस्तो कुरा मसँग नगर्नुस्, नेतासँग गएर गर्नुहोस्,’ उनले भनिन्। उनले आफ्नो पूरा नाम र ठेगाना बताउन पनि मानिनन्। आफूले भोट नहाल्ने उनले बताएन्।

ठेलागाडामा नारायणटार क्षेत्रमा फलफूल बेच्ने जितपुर, बारा घर भएका २७ वर्षीय राजु कुमारले चुनावमा घर फर्किने बताए। उनले भने, ‘चुनावमा भोट हाल्न घर पनि जाने, परिवार पनि भेटेर आउने हो। मजस्तै श्रम गरेर खानेहरुका लागि आफ्नै ठाउँमै रोजगारी दिनेलाई मत दिन्छु।’ तर, अहिलेसम्म जितेकाहरूले राम्रोसँग काम नगरिदिँदा दुःख पाएको उनको गुनासो थियो।

आप्त वचन

माकलबारी प्रवेश गर्ने गेटछेउमै प्रचण्ड गर्मीमा साइकलमा फलफूल बेचिरहेका आप्त वचन पनि नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनबारे जानकार छ। मलङ्गवा घर बताउने वचनले आफ्नो ठाउँमा को उम्मेदवार बन्ने हो भन्ने चासोका साथ हेरिरहेका छन्। उनी भन्छन्, ‘हामीहरू जस्ताको गरिबी हटाउने नेता चाहियो, विकास पनि गरोस्।’ राम्रो नेता भए विकास हुनेमा उनी आशावादी छन्। 

दैनिक मजदुरी गरेर गुजारा चलाउने आम नागरिक पनि यो निर्वाचनमा आशावादी छन्। ‘गाउँको सिंहदरबार’मा राम्रो नेतृत्व आए गाउँमै रोजगारीको अवसर आउने, शिक्षा र स्वास्थ्य सुलभ हुने उनीहरूको आशा छ। कोही भने नेताहरुले झूटा आश्वासन दिने भन्दै निराश छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशलाई रुपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्नुस् : महामन्त्री पाैडेल
‘चुनाव पछाडि सिंहदरबार जल्नु हुँदैन,सरकारको गोलीबाट कोही मारिनु हुँदैन’ : गगन थापा
अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
देशलाई रुपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्नुस् : महामन्त्री पाैडेल शनिबार, माघ २४, २०८२
‘चुनाव पछाडि सिंहदरबार जल्नु हुँदैन,सरकारको गोलीबाट कोही मारिनु हुँदैन’ : गगन थापा शनिबार, माघ २४, २०८२
अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको घोषणा शनिबार, माघ २४, २०८२
एकल बहुमत दिन चितवनबाट रविको आह्वान शनिबार, माघ २४, २०८२
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्