जाजरकोट- जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन्।
सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो।
उनलाई आज बिहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।