काठमाडौँ- महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने ४ जनालाई पक्राउ गरेको छ।
परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौँ रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेबाजीलाई विशेष अनुसन्धान गरिरहेको बताए। 'विभिन्न फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ,' उनले भने।
प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट ४ थान मोबाइलसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।