काठमाडौं– गनेस पौडेलले पोखरा महानगरको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार उनले पोखराका निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
प्रमुख पदमा उम्मेदवारी दिएका पौडेललाई पोखराकै अप्सरा अधिकारी र सरोज जिसीले समर्थक तथा प्रस्तावकको रुपमा साथ दिएका थिए।
पौडेल आफूले आज बिहान ११ः११ मा १ नम्बरमा प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको बताए।
पौडेलले देशभर स्वतन्त्र रुपमा चुनावमा उठिरहेका अटेरी अभियानका परिकल्पनाकार हुन्। पोखरामा उनीसँग अन्य १७ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।