काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रमुखका लागि पहिलो उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगले मनोनयन दर्ता सुरू गरेसँगै राष्ट्रिय यथार्यवादी पार्टी नेपालले उम्मेदवारी दर्ता गराएको हो। पार्टीका तर्फबाट आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ। आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।