काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल मंगलबार र बुधबार राति हुँदेछन्।
फ्रान्स र बेल्जियमबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ भने इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार राति भिडन्त हुनेछ।
क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। त्यसअघि इंग्ल्यान्डले स्विडेनलाई २-० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो। फ्रान्सले उरुग्वेलाई २-० गोलले हराएको थियो भने बेल्जियमले ब्राजिललाई २-१ गोलले पराजित गरेको थियो। योसँगै विश्वकपका ६० खेल सकिएका छन्। अब ४ खेल बाँकी रहेका छन्।
सेमिफाइनल पुगेका चार टिमले क्वार्टरफाइनलमा ८ गोल गरेका छन। अन्तिम ८ बाटै बाहिरिएको रसियाले २ गोल र ब्राजिलले १ गोल गरे।
क्वार्टरफाइनलका भएका गोलको हाइलाइट्स हेर्नुहोस् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।