काठमाडौं– नेकपा एमाले बाजुराले सबै स्थानीय तहमा उम्मेदवार छनोट गरेको छ। पाँच वटा गाउँपालिका र चार वटा नगरपालिका रहेको जिल्लामा पार्टीले सबै तहमा उम्मेदवार टुंग्याएको हो।
पार्टीले बडिमालिका नगरपालिकामा मेयरमा अमर खड्का र उपमेयरमा नन्दा थापालाई छनोट गरेको छ। त्यस्तै, बुढिनन्द नगरपालिकामा मेयरमा जनककुमार बोहरा र उपमेयरमा मनु रोकाया बिसीलाई सिफारिस गरेको छ।
बुढिगङ्गा नगरपालिकामा मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कँुवरलाई उठाएको छ। त्रिबेणी नगरपालिकामा मेयरमा मोतिसिङ बुढा र उपमेयरमा पार्बतीदेबि बुढालाइ उठाएको छ।
गौमुल गाउपालिकामा अध्यक्ष हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा उठाएको छ। जगन्नाथ गाउँपालिकामा अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्टलाई उठाएको छ।
हिमाली गाउँपालिकामा अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्कीलाई उठाएको एमालले स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढालाई उम्मेदवार बनाएको छ। त्यसैगरी, खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेबी ओलीलाई अगाडि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।