काठमाडौं– स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। यसअघि शनिबार नै बैठक बोलाइएको भए पनि शीर्षस्थ नेताहरु छलफलमा भएका कारणले बैठक बस्न सकेन।
नेपाली कांग्रेसले ६ वटा महानगरपालिका मध्ये ३ वटा प्रमुख पाएको छ। काठमाडौं महानगरपालिकाको हकमा सिर्जना सिंहको विषयमा लगभग सर्वसम्मत नै भए पनि अन्य दुईमा भने उम्मेदवारको टुंगो लगाउन कांग्रेसलाई सकस भएको छ।
कार्यसम्पादन समितिको बैठक अघि आज पनि शीर्षस्थ नेताहरुबीच छलफल हुनेछ। उनीहरुबीच सहमति भएपछि बैठक बसेर निर्णय हुने एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।