विराटनगर– धनकुटाको चौबीसे गाउँपालिकामा तमोर नदीले बगाएर दुई युवक बेपत्ता भएका छन्।
पौडी खेल्नेक्रममा मोरङको केराबारी गाउँपालिका ४ याङ्सिलाका सुरेन्द्र लिम्बू र बर्दिया घर भएका प्रकाश चौधरीलाई नदीले बगाएर बेपत्ता भएको हो।
उनीहरु चौबीसे गाउँपालिका ४ भैंसेटारस्थित ‘तमोर पर्मा सिकाइ थलो कल्चर’ नामक संस्थामा कार्यरत थिए।
आइतबार रातिसम्म बेपत्ता युवकहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।