विराटनगर– खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा सुनसरीको इनरुवामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा ट्याक्टरका चालक इनरुवा ८ का ४० वर्षीय शम्भु मेहताको मृत्यु भएको हो।
इनरुवा नगरपालिका ७ का रामरुक मेहताको खेत जोत्ने क्रममा को१त ८६४१ नम्बरको ट्याक्टर पल्टिएको थियो।
पल्टिएको ट्याक्टरले थिचेर घाइते भएका मेहतालाई उपचारका लागि इनरुवा अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।