काठमाडौं– क्रोएसियाका प्रशिक्षक जलाट्को डालिकले अर्जेन्टिनाका स्टार फरवार्ड लिओनल मेसी रोक्न सकेकाले अब इंग्ल्यान्डका फरवार्ड ह्यारी केनलाई पनि रोक्ने बताएका छन्।
२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलको खेलमा क्रोएसियाले बुधबार राति इंग्ल्यान्डसँग खेल्दैछ। प्रशिक्षक डालिकले इंग्लिस टिमका केन र रहिम स्टर्लिङलाई रोक्न क्रोएसिया तयार रहेको बताए।
'हामीलाई आफ्नो क्षमतामा विश्वास छ,' डालिकले भने, 'इंग्ल्यान्डको डर छैन।'
उनले अघि भने, 'जारी विश्वकपको सर्वाधिक गोलकर्ता केनलाई रोक्न सजिलो छैन। तर हामीसँग उच्च स्तरीय सन्टर ब्याक छन्। हामीले लियोनल मेसी र क्रिस्टियन एरिकसनलाई रोक्यौं। अब केनलाई पनि रोक्न सक्नेमा विश्वास छ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।