• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्याँफ्रुका महिलाको ब्यस्तता, संस्कृतिको जगेर्नासँगै आम्दानी पनि

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०७५  ०४:०७
1140x725

रसुवा- घरबारीको काममा अल्झिएर समय बिताउँदै आएका स्याँफ्रुका तामाङ समुदायका अधिकांश महिलाको आजभोलि हात खाली हुँदैन। गोसाइँकुण्ड गाउँपालिका–५ स्याँफ्रुका  प्रायः घरमा तान राखिएको छ। अधिकांश महिलाले दैनिक स्यामा पाङ्गप बुनेर तानमै समय बिताउने गरेका छन्। 

तामाङ समुदायका महिलाले लगाउने स्यामा पाङ्गप बुन्ने तालिम पाएपछि व्यावसायिक रूपमा काम थालेको स्याँफ्रुबेंसीकि कामी ग्याल्मो घलेले बताइन्। उनले भनिन्, ‘पहिला घरको काम गरेर समय बित्थ्यो, ४५ दिने तालिम र स्यामा पाङ्गप बुन्न तान पाएपछि डेढ वर्षदेखि म निरन्तर काम गरिरहेकी छु।’

महिला सशक्तीकरण अभियान अन्तर्गत वडापालिका तथा नेपाल कृषिवन प्रतिष्ठानले स्याँफ्रुका महिलालाई तालिम दिएपछि उनीहरु परम्परागत स्यामा पाङ्गप बुनाइतर्फ आकर्षित बन्दै गएका हुन्। 

आफैं काम गरेर आम्दानी गर्न थालेपछि आत्मनिर्भर बन्दै गएको घलेले बताइन्। ‘पहिले आफूसँग पैसा नहुँदा श्रीमान्सँग माग्दा कहिले पाइन्थ्यो, कहिले पाइँदैन थियो। अहिले त पाङ्गप बुनेर घर खर्च चलाएकी छु। समूहमा २–४ सयसम्म बचत पनि गरिरहेकी छु,’ उनी थप्छिन्, 'आफ्नो पुर्खाले लगाउँदै आएको लुगा बुन्न छाडियो भने, भोलिका केटाकेटीले बिर्सिन्छन्। हाम्रो संस्कृति पनि हराउँदै जाला भनेर यो काममा ध्यान दिएर लागेकी छु। अब नयाँ पुस्तालाई पनि सिकाउँदै जाने हो।' 

Ncell 2
Ncell 2

तामाङ समुदायका महिलाले विशेष गरी चाडपर्व, विवाह जस्ता शुभकार्यमा स्यामा पाङ्गप लगाउने गर्छन्। नेपाल कृषिवन प्रतिष्ठानले ३० विपन्न महिलाको समूह बनाई स्यामा पाङ्गप बुनाई सम्बन्धी तालिम उपलब्ध गराएको थियो। 

जीविकोपार्जन समूहमा ९० हजारको घुम्ती कोषका कारण बुनाइका लागि धागो किन्न सजिलो भएको स्थानीय लाक्पा छोमो तामाङले बताइन्। सुरुमा तान तथा धागो सहयोग गरेकाले हाल मासिक १५ हजारसम्म आम्दानी लिने गरेको समूहकी याङ्जेन तामाङ्ले जनाएकी छिन्। उनले भनिन्, ‘घरमा बुनेका सामाग्री घरैबाट बिक्री हुन्छन्। कृषि वन प्रतिष्ठान र घरेलुले बजारमा कोशेली घर सञ्चालन गरेकाले घरबाट नबिकेका सामग्री उतैबाट पनि बिक्री वितरण हुन्छ।’ 

स्यामा पाङ्गप बुन्नका लागि तानमा धागो राख्न एक दिन लाग्छ। एउटा पाङ्गप बुन्न २ देखि ३ दिनसम्म लाग्ने गरेको छ। सानो र ठूलो गरी दुई किसिमको स्यामा पाङ्गप बुन्ने गरिन्छ। सानो खालको पाङ्गपको पसलेले १४ सय रुपैयाँमा खरिद गर्ने गरेका छन्। घरैबाट भने १७ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ। छोमो तामाङले भनिन्, ‘एउटा सानो खालको पाङ्गपका लागि ५ सयको सामान किन्नुपर्छ। पसलमा बेच्न लैजाँदा त्यति नाफा आउँदैन, घरबाटै बेच्दा अलि बढी फाइदा हुन्छ।’ 

त्यस्तै, बुट्टा भरेको ठूलो खालको पाङ्गप ४ हजार रुपैयाँसम्ममा बेच्ने गरेको कामी ग्याल्मो घलेले बताइन्। उनका अनुसार ठूलो खालको बुट्टा भरेको पाङ्गप तयार गर्न १ हजार रुपैयाँ बराबरको सामग्री चाहिन्छ। 

तामाङ समुदायका महिलाले संस्कृतिको संरक्षण तथा पोशाकलाई राम्रो देखाउन, कम्मरमुनि पछाडि पट्टिको भागमा स्यामा लगाउँछन् भने अगाडि तिर पाङ्गप लगाउने गर्छन्। पाङ्गप भने विवाहित महिलाले मात्रै लगाउने चलन छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  ०४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्