बेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको ८ वटै वडाका किसानलाई कृषि औजार र विरुवा हस्तान्तरण गरेको छ।
गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले संयुक्त रुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गरे।
कृषि शाखा प्रमुख गोपाल भट्टराईले ६ थान कोदो चुट्ने मेसिन, १ सय ४५ थान प्लास्टिक केट, १२ थान मकै छोड्याउने औजार, २३ वटा सुन्तला टिप्ने भर्याङ, ९ वटा स्प्रे ट्यांकी वितरण गरिएको जानकारी दिए।
त्यस्तै, ४८ थान सिबेचर, ४८ थान आरी, ४ हजार सुन्तलाका विरुवा र १ हजार कागतीका विरुवा वितरण गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।