काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उनको नाम सिफारिस गरेको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार महानगर कमिटिले अहिले मेयरको नाम मात्र सिफारिस गरेको हो।
वडाध्यक्ष र अन्य पदाधिकारीको नाम विस्तारै सिफारिस हुने उनले बताए। २०७४ सालको निर्वाचनमा राप्रपाले नेकपा एमालेसँग तालमेल गरेको थियो। एमालेले मेयरमा विद्यासुन्दर शाक्यलाई सर्मथन गर्दै उपमेयरमा राजराम श्रेष्ठलाई उम्मेदवार बनाएको थियो।
एमाले कार्यकर्ताले सूर्यमै मतदान गरेपछि उमपेयमा उनी पराजित भएका थिए। यस पटक हालसम्म कुनै पार्टीसँग तालमेलको कुरा नभएको श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।