काठमाडौं– काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसले युवा व्यवसायी प्रह्लाद थापासहित १० जनाको नाम सिफारिस गरेको छ।
नगर कार्यसमितिको बैठकले मेयरका लागि १० जना र उपमेयरका लागि आठ जनाको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले अहिलेका मेयर महेश खरेलको नाम पनि सिफारिस गरेको छ। त्यस्तै, राजन कार्की, प्रल्हाद थापा, गणेश अधिकारी, कुमार लामिछाने, उमेश बानियाँ, हेमकुमार लामा, निराजन लुइँटेल, नन्दुप्रसाद दुलाल र चन्द्रमणि आचार्यको नाम मेयर पदका लागि सिफारिस गरेको हो।
त्यस्तै उपमेयरमा बद्रीप्रसाद खकुरेल, साबित्री लामिछाने, लक्ष्मी दनुवार, शान्ति लक्ष्मी श्रेष्ठ, सुनिता तामाङ, कुसुम दुलाल, मनकुमारी दनुवार र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको छ। लक्ष्मी दनुवार अहिलेकी उप प्रमुखसमेत हुन्।
थापा बिगत लामो समय देखि नेपाली काङ्ग्रेस र काङ्ग्रेस निकट विभिन्न संघ संस्थामा कृयशील छन्। त्यस्तै खरेलले अहिले नगरमा राम्रो काम गरेकाले अधुरा कामहरु सक्नका लागि टिकट पाउनुपर्ने दावी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।