काठमाडौं– पोखरा महानगरपालिको उपमेयरका लागि कांग्रेस गण्डकीले १० आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ।
उपमेयरमा कांग्रेस प्रदेश समितिले लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीको नाम पठाएको हो।
गठबनधको सहमति अनुसार महानगरको मेयर एकीकृत समाजवादीको भागमा परेपछि बिहीबार बसेको प्रदेश समितिको बैठकले मेयरको नाम रोक्दै उपप्रमुखको आकांक्षीको नाम मात्र सिफारिस गरेको हो।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले पाउने सहमति भएको छ। उपप्रमुखको उम्मेदवार भने नेपाली कांग्रेसले लिने सहमति छ।
यसअघि आकांक्षीको नाम माग्दा कांग्रेसका तर्फबाट १८ जनाले दाबी गरेका थिए। महानगरपालिका मेयरका लागि महानगर समितिबाट सिफारिस भएका १८ जनाको नाम भने गण्डकी प्रदेश समितिले रोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।