काठमाडौं– मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति बनेको छ।
दुवै पार्टीले त्यहाँ गठबन्धन गरेर अघि बढ्ने सहमति जुटाएका हुन्। नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहका अनुसार वीरगञ्ज महानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा लोसपाले संयुक्त रुपमा उम्मेदवार उठाउने भएका हुन्।
नेकपा एमालेले वीरगन्जमा जसपा छोडेर एमाले प्रवेश गरेका अहिलेकै मेयर विजय सराबगीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने उपप्रमुखमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बन्ने भएका छन्।
पाँच दलीय गठबन्धनको तर्फबाट भने वीरगन्जमा जसपाले मेयर र नेपाली कांग्रेसले उपमेयरमा भागबन्डा गरिसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।