काठमाडौं– प्रदेश १ मा तीन लाख ५१ हजार ६१० जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७७४ जना मतदाता रहेका थिए।
प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन्।
प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन्। प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।
जिल्लागत हेर्दा ताप्लेजुङमा ८९ हजार ६८० मतदाता रहेका छन् भने पाँचथरमा एक लाख ४० हजार २२४ मतदाता रहेका छन्।
त्यसैगरी, इलाममा २ लाख २४ हजार ७४८ मतदाता तथा ६ लाख ४५ हजार २३४ मतदाता रहेका छन्।
संखुवासभामा १ लाख १७ हजार ७३१ मतदाता रहँदा तेह्रथुममा ७२ हजार ८९५ मतदाता छन्। त्यस्तै, भोजपुरमा कूल १ लाख २५ हजार ९२६ तथा धनकुटामा १ लाख १५ हजार ९६४ मतदातारहेका छन्।
सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २२३ मतदाता छन् भने सुनसरीमा ५ लाख ३४ हजार ७६५ मतदाताका रहेका छन्। सोलुखुम्बुमा ८० हजार १९ जना तथा खोटाङमा १ लाख ४३ हजार ७५२ जना मतदाता रहेका छन्।
ओखलढुंगामा १ लाख ७० हजार ८५ तथा उदयपुरमा २ लाख २३ हजार ३८ जना मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।