• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

चलचित्र विकास बोर्डबाट पदमुक्त भएपछि प्रधानमन्त्रीलाई निकिताको प्रश्न- कुनै दलको झन्डा नबोकी नहुने हो?

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  १३:४४
1140x725

काठमाडौं- पूर्वसरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने सरकारको निर्णय अनुसार चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल पदमुक्त भएकी छिन्। 

आइतबार उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अवकासपत्र बुझेकी छन्।

यसैबीच, सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै पौडेलले प्रधानमन्त्रीलाई खुला पत्र बुझाउने तयारी गरेकी छन्। उनले पत्रमा आफ्नो राजनीतिक नियुक्ति नभएको भन्दै खुला प्रतिस्पर्धाबाट नाम निकालेर बोर्ड अध्यक्ष बनेको दाबी गरेकी छिन्। विदेशबाट आफ्नै देशमा केही गर्ने सोच बोकेर आए पनि राजनीतिक खेलले निराश पारेको उनले उल्लेख गरेकी छिन्।

पौडेलले समय मिलेसम्म मंगलबारसम्ममा पत्र प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको बताइन्।

यस्तो छ प्रधानमन्त्रीलाई निकिता पौडेलको खुला पत्र: 

'सम्माननीय प्रधानमन्त्रीज्यू,

राजनीति नै गरेर मात्र ठूला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तिहरु किन स्वदेश फर्कनु? अध्ययन र कार्यक्षमताको मूल्यांकन नहुने र ठूला नियुक्ती जति राजनीतिक दलका मानिसहरुले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्किनु? चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा मैले झन्डै ७ महिना काम गर्ने अवसर पाएँ। 

मेरो नियुक्तिलाई राजनीतिक भनिए पनि यसमा मेरो असहमति छ। म कहिले पनि कुनै पनि राजनीतिक दलको समर्थक, विरोधी, नजिक, टाढा भइनँ। यो मैले कहिले पनि नजानेको विषय हो। 

Ncell 2
Ncell 2
nimb
nimb

हिजो म अध्यक्ष नियुक्त हुँदा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसले पनि मेरो नियुक्तिको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ती भनेर तपाईँको सरकारले नियुक्ति बदर गर्‍यो। म जस्ता स्वतन्त्र व्यक्तिहरुले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त? देशको मात्रै झन्डा बोकेर नपुग्ने? कुनै न कुनै राजनीतिक दलको झन्डा नबोकी नहुने हो? म चलचित्र बुझ्दै, हेर्दै र सिक्दै हुर्किएकी हुँ।

लाइट, क्यामेरा, एक्सन मैले गर्भमा नै सुनेका शब्दहरु हुन। यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ। यसै क्षेत्रमा समर्पित हुने उद्देश्यले मैले अमेरिकी युनिभर्सिटीबाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरेर मनभरि उमंग, जोस, जाँगर र सर्टिफिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्किएँ। १८ वर्षको इतिहास बोकेको चलचित्र विकास बोर्डका पूर्व अध्यक्षज्यूहरुले गर्नुभएको कार्यको मूल्यांकन गर्ने हैसियत त मेरो छैन। तर, विगत ७ वर्षदेखि यो वा ऊ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागू हुन तयार पारेका छौं। यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाइ र अथक मिहिनेतको दिल खोलेर प्रशंसा गरेकी हुँ।

यतिखेर जब बक्स अफिस लागु हुन केही दिन मात्र बाँकी छ यस्तो अन्तीम समयमा गरिएको नियुक्ति बदरले हाम्रो ७ महिनाको मिहिनेत पानीमा जाने प्रबल सम्भावना छ। मपछि नियुक्त हुने अध्यक्षज्यूको कार्य क्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबैभन्दा सक्षम नै मै हुन् दावी पनि गरेकी छैन। तर, केही महिना मैले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धिबाट साँच्चै नै तपाईँको सरकार र माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले गर्व गर्न पाउनुहुन्थ्यो।

मेरो कार्यक्षमता र मैंले सरकारलाई बुझाएको भावी योजनाको मुक्तकण्ठले तारिफ गर्नुहुने माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्रीज्यू र आदरणीय सचिवज्यूका स्याबासीहरु अझै पनि मेरो मानसपटलमा ताजा छन्। तर, त्यो स्वाबासी र यो निर्णयको बिच कुनै तारतम्मे नमिलेकोमा दुःखी मात्र भएकी हुँ। मैले बकाइदा जाँच दिएर, अन्तरर्वार्ता दिएर, खुला प्रतिस्पर्धामा आफूलाई सबै प्रतिस्पर्धीभन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ति हो। राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरुबाट चुनिएको व्यक्तिको नियुक्ति कसरी राजनीतिक नियुक्ति भयो त्यो मैले बुझ्न सकेकी छैन। यो पत्र मार्फत मैंले आफ्नो पुनर्वहालीको याचना गरेकी होइन।

म २१औं शताब्दीकी सक्षम महिला हुँ प्रधानमन्त्रीज्यू, यो देशको संविधानले दिएको हक अधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु। जति समय मैले चलचित्र विकास वोर्डका लागि दिएँ त्यती समय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो। चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णयहरु गर्दा मैंले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरुको समेत विपक्षमा उभिनु परेको छ। बक्स अफिसको सुरुवात आफ्नै हलबाट गरेकी हुन्, आफ्नै भाइले निर्माण गर्दै गरेको चलचित्र ‘रोजी’ को को सुटिङ आफैं गएर रोकेकी छु। र, यस्ता अनगिन्ती दृष्टान्तहरु छन् जसलाई प्रस्तुत गरिरहँदा आफ्नो बखान गर्न खोजेकी अर्थ समेत लाग्न सक्छ।

मलाई सरकारी तलब, सुविधा, पद आदि कुनै कुराको पनि लोभ थिएन र छैन। खालि एउटा दुखेसो छ कि म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशिला युवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नु पर्छ भनेर लागिपरेका छन्। के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनैपर्छ? चाकडी बजाउनैपर्छ? यदि कुनै पनि राजनीतिक दलको आशीर्वादबिना स्वतन्त्र नागरिक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाईंको 'समृद्ध नेपाल सुखी नेपाली'को नारा 'समृद्ध नेता सुखी कार्यकर्ता' मात्र बन्न पुग्नेछ। यो मेरो व्यङ्ग्य होइन, चिन्ता हो।

आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरि पनि मिल्ने छ भन्ने कुरामा म आशावादी छु। र म चलचित्र विकास बोर्डमा भए पनि नभए पनि मेरो नाभीसँगै गाँसिएको चलचित्र क्षेत्रको उत्थान, प्रर्वधनका लागि मेरो पूरै जीवन समर्पित छ। नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेसनमा विश्वभरका सिनेकर्मीलाई सुटिङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने, फिल्म सिटी निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजिटाइज गरी भावी पुस्ताका लागि संरक्षित पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकहरुलाई सम्मान गर्दै नयाँ जेनेरेसनका नवयुवक चलचित्रकर्मीहरुसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कैयौं मेरा योजनामा ब्रेक लागेको छ। 

तर, चलचित्र विकास बोर्ड मेरो जागिर होइन सामाजिक जिम्मेवारी हो। योगदान दिन पद नै चाहिन्छ भन्ने केही पनि छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो कास्टिङ मात्र हो, मध्यान्तर पनि होइन, दि इन्ड त हुँदै होइन!'

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्