• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मुस्ताङ दुर्घटनाको पीडा : अनाथ बने दुई बालक

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  १४:२२
1140x725

पोखरा– आइतबार साविक गण्डकी अस्पतालको पोस्टमार्टम भवन अगाडि मान्छेको भीड थियो। मैदानमा ३ वटा शव लहरै सुताइएको थियो। मृतकका आफन्त भुँइतिर हेर्दै रोइरहेका थिए। त्यतिमात्र नभएर त्यहाँ उपस्थित अन्य व्यक्तिले समेत आफ्नो आँखा ओभानो राख्न सकिरहेका थिएनन्, सुक्सुकाउँदै थिए। तिनै भीडमा १ जना बालक डाँको छोडेर रोइरहेका थिए भने अर्को सानो बालक चुपचाप घाँसे मैदानमा दुबोसँग खेलिरहेका थिए। 

ती दुई बालक थिए– शुक्रबार मुस्ताङको कालीगण्डकी कोरिडोरमा २० जनाको ज्यान जानेगरी भएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका मौसम घर्तीमगर (३७) र जितमाया घर्तीमगर (३१) का छोरा। घर्ती दम्पत्तीले दुर्घटनामा ज्यान गुमाएसँगै ती दुबै बालक अनाथ भएका छन्। जेठो छोरा विवश घर्तीमगर अहिले १२ वर्षका भए। उनका भाइ विशेषण घर्ती ५ वर्षका। उनीहरु नयाँबजार सुकुम्बासी बस्तीमा बस्छन्। नयाँबजारकै विद्यालयमा कक्षा ७ र १ मा पढ्छन् उनीहरु।

‘आपत र दुर्घटना बाजा बजाएर आउँदैन’ भन्ने उखान हामीले सुन्दै आएका हौं। हुन पनि जीवनमा कहाँ, कस्तो क्षण आइपर्छ कसैलाई थाहा हुँदैन। तर, यही उखान चरितार्थ भएको छ, रोल्पाबाट रोजगारी खोज्दै ज्याला मजदुरी गर्न मुस्ताङ गएका घर्ती परिवारमाथि।

वैशाख महिनामा पोखरामा ज्यालामजदुरी गरेर कमाएको पैसाले खानलाउन अपुग भएपछि ‘मुस्ताङमा धेरै कमाइ हुन्छ’ भन्ने सुनेर त्यतातर्फ लागेका थिए मौसम। एक हप्तापछि उनकी श्रीमती जितमाया पनि उतै लागेकी थिइन्ः केटाकेटी छिमेकीको जिम्मा लगाएर। तर, शुक्रबारको दुर्घटनापछि उनीहरुको पैसा कमाउने सपना मात्र तुहिएन, जिन्दगी बाँच्ने ‘आयु’ पनि तुहियो। 

१२ वर्षीय विवशलाई ज्ञात भइसकेको छ, ‘अब बाआमा फर्केर आउँदैनन्।’ उनलाई ठूलो शोक परेको छ। आइतबार ठूलो भीडमा क्षतविक्षत आफ्ना बाबुआमाको अनुहार हेर्नुपर्दा उनी रोइरहेका थिए। 

उनी बिहानै उठेर बाबुआमाले सिकाए जसरी राइस कुकरमा खाना बसाल्थे। गोर्खाबाट आएका छिमेकीसँग तरकारी सापट माग्थे अनि आफू खान्थे र भाइलाई पनि खुवाउँथे। उनलाई लागेको थियो, ‘केही दिन त हो आमा फर्केर आउनुहुन्छ र आफैं खाना पकाइदिनुहुन्छ, त्यसपछि मागेर खानुपर्दैन।’ तर, उनको सोचाइ अब कहिल्यै यथार्थमा परिणत हुँदैन। 

सानो उमेरमै विवशलाई भाइ पनि हेर्नुपर्ने जिम्मेवारी आइलागेको छ। जम्मा ५ वर्ष उनका भाइलाई यो चोटले गहिरो दुखाइ दिएको छैन। ती अबोधलाई थाहै छैन के भइरहेको छ भन्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

बाबुआमाले दुर्घटनामा ज्यान गुमाएपछि निर्माण कम्पनी ‘विरुवा कन्स्ट्रक्सन’ले ती दुई बालकको हेरचाहका लागि जनही ३–३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। तर, त्यतिले मात्रै नहुने कम्तिमा १२ कक्षासम्म कम्पनीले पढाइदिनुपर्ने र त्यसपछि कम्पनीमै रोजगार दिनुपर्ने उनीहरुकी फुपू दल्लीकुमारी घर्तीको माग छ। 

दल्लीकुमारी घर्ती (फुपू)


‘आफन्त भनेको म र ९२ वर्षीय आमा (हजुरआमा) मात्रै हौं,’ उनी भन्छिन्, ‘म अर्काको घर गाको जिन्दगीभर साथ दिन सक्दिनँ, उनीहरुको भविष्य सुनिश्चित हुनुपर्छ।’

पहिले विवश र विशेषण घर्तीसँग उनीहरुको मामाकी छोरी पनि बस्थिन्। तर, १२ को पढाइ सकिएपछि उनी घर गएकी छिन्। मामाकी छोरी घर गएपछि भने विवशले आफैं खाना पकाउन थालेको उनकी फुपू दल्लीकुमारीले सुनाइन्। भदैहरु अझै केहीसमय एक्लै बस्नुपर्ने उनको भनाइ थियो। ‘अहिले लग्यो भने पढाइ बिग्रन्छ, चाडपर्वमा लिन आउँछु,’ उनले भनिन्। 

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्