काठमाडौं– भूकम्प पीडित सर्वसाधरणसँग घुस लिने इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
दोलखाको कालिन्चोक गाउँपालिका–९ नम्बर वडा कार्यालयका सव–ईन्जिनियर रामनरेश यादवविरुद्ध आइतबार मुद्दा दायर भएको हो।
उनलाई आयोगले गत महिना ९ हजार घुससहित आयोगले पक्राउ गरेको थियो। दोस्रो कित्ता वापतको रकमको सिफारिस गर्न उनले घुस लिएका थिए। पीडितले अख्तियारलाई सूचना दिएर घुस दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।