• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

टोकियोमा नेपथ्यको 'कोसीको पानी'

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  ११:०७
1140x725

टोकियो- जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितिका बीच नेपथ्यले ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गरेको छ। 

तीन वर्षअघि भूकम्प गएपछिका तस्बिरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरु भएको थियो। ब्यान्डले उक्त भूकम्पकै ताका पूर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्पपीडितमा समर्पित गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो। 

ब्यान्डका मुख्य गायक अमृत गुरुङले तीन वर्षअघिको कन्सर्टमा समवेदना बाँड्न मञ्चमा उभिए पनि यसपटक भने उमंग र उत्साह बाँड्न आएको बताए। 

सोही अनुसार ब्यान्डले ‘भेँडाको ऊन जस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका ‘शिरफूल’ र ‘कोसीको पानी’ सम्म पस्कियो।

तीन वर्षअघि जापानमा नेपथ्यको कन्सर्ट आयोजना गरेको तमुधिं जापानका अमर गुरुङ पनि दर्शकदीर्घामा थिए। उनले विदेशमा बसेका नेपालीका निम्ति नेपथ्य गर्वको विषय रहेको बताए।

‘जापान बसेको २० वर्षमा नेपालबाट आएका विभिन्न कलाकारका धेरै कार्यक्रम हेर्ने मौका पाएँ’, उनले भने, ‘नेपथ्यले दिएको प्रभाव चाहिँ बेग्लै र स्तरीय रह्यो।'

अधिकांश दर्शक नेपालीसँगै कन्सर्टमा केही जापानी नागरिक समेत देखिन्थे। उनीहरुमध्येकै एक जना नेपथ्यलाई सुन्दै आएका तन्नेरी भेटिए।

ती युवा कियोहितो हानाइले भने, ‘नेपालमा दुई पटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ। नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा रमाइलो लागिरहेको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अमृतले नेपालमा मनसुन चलिरहेको बेला जापानमा बाढीको प्रकोप रहेको सन्दर्भलाई पनि कन्सर्टकै बेला जोडे। 

‘ठीक यतिबेला हामीकहाँ पनि बाढीको प्रकोप चलिरहेको छ’, उनले भने, ‘जापानमा पनि पीडितहरुको अवस्था देखेर मलाई उत्तिकै नरमाइलो लागिरहेको छ।’ 

कन्सर्टमा अमृतले रमाइला गीतहरुको बीचमा नेपालको सामाजिक मुद्दा पनि उठाइरहेका थिए। 

‘डा गोविन्द केसीले उठाएका मुद्दाहरु यहाँ आएर पनि सुनाउनुपर्दा मलाई एक किसिमको हीनताबोध र दुःख महसुस भइरहेको छ’, १५औं पटक अनसनमा बसिरहेका डा केसीको सन्दर्भमा उनले भने, ‘केसी मात्र होइन, हामी सम्पूर्ण नेपाली पटक–पटक ठगिएका छौं।’ 

एउटा सन्त जस्तो चिकित्सकले बारम्बार अनसन बसेर ज्यान जोखिममा पार्दा यसले सम्पूर्ण नेपाली समाजलाई गिज्याएको उनले बताए। 

अमृतले डा केसीको पक्षमा ऐक्यबद्धताको आह्वान गर्दै श्याम तमोटको गीत ‘गाउँ गाउँबाट उठ’ प्रस्तुत गरे।

कन्सर्ट आयोजक समूह गोरेटो प्रोडक्सन्सका कृष्ण थापाले पछिल्लो समय जापानमा आयोजित नेपाली कार्यक्रमहरुमध्येकै यो सबैभन्दा ठूलो रहेको बताए।

‘दर्शक सहभागिता मात्रै होइन, टोकियो डोम सिटी हल जस्तो विश्व स्तरको कार्यक्रम स्थलमा ब्यान्डको अब्बल प्रस्तुतिले अविस्मरणीय यस कार्यक्रमको आयोजक हुन पाएकोमा हामी हर्षित छौं’, उनले खुसी सुनाए।            

यस्तै, नेपथ्यलाई व्यवस्थापन गरिरहेको नेपालयका किरणकृष्ण श्रेष्ठले विश्वका प्रतिष्ठित कार्यक्रम स्थलहरुमा नेपाली कार्यक्रम उभ्याउँदै हिँड्दा जापानमा पनि एउटा कोशेढुंगा कायम हुनपुगेको बताए।

नेपथ्यलाई सुन्न आएकी जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि कार्यक्रमबाट प्रफुल्लित थिइन्। 

'नेपालबाट यति टाढा रहेर देशको प्रतिष्ठित सांगीतिक समूह नेपथ्यको प्रस्तुति हेर्न पाउनु यहाँका दर्शकको लागि सुखद संयोग हो', उनले भनिन्।  

अमृतलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

कन्सर्ट समापनसँगै दस सदस्यीय नेपथ्य टोली जुलाई १० तारिखमा नेपाल फर्कँदै छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्