काठमाडौं– राष्ट्रिय महिला आयोगले बजेट र जनशक्ति थप गरिदिन सरकारसँग माग गरेको छ।
आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको कामलाई प्रभावकारी बनाउन पर्याप्त बजेट र आवश्यक जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संवैधानिक व्यवस्था अनुसार आयोगले रणनीतिक योजना तयार पार्न लागिएको पनि जानकारी दिए।
आयोगले संघीय ढाँचा अनुसार आयोगका संरचनाहरु तय गर्न ढिलाइ नगर्ने पनि स्पष्ट पारेको छ।
आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन सूचना तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने योजना पनि बनाएको छ। सचिव ठाकुरले स्थानीय तहमा पनि आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक समितिहरु निर्माण गर्ने योजना रहेको पनि बताए।
आयोगले महिला हिंसा विरुद्धको अभियानलाई सशक्त बनाउन सबै स्थानीय तहमा आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।