मलेखु- धादिङबेंसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ।
नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए।
यसअघि नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर ४ दिनअघि नीलकण्ठ नगरपालिका–३ धादिङबेंसीकै अर्जुन श्रेष्ठको मृत्यु भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।