काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सरकारको अनुमति नलिई क्यानाडा जान लागेका कारण नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको बताएका छन्।
राष्ट्रियसभाको बैठकमा कांग्रेस सांसदहरुले उपकुलपति कोइरालाई क्यानाडा जानबाट किन रोकियो? विमानस्थलबाट किन पक्राउ गरियो भनी सोधेको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री थापाले सरकारको अनुमति नदिई जान लागेकाले फर्काइएको मात्र आफूले जानकारी पाएको जवाफ दिए।
यसबारे विस्तृत जानकारी गृह मन्त्रालयमा नआइपुगेको बताएका गृहमन्त्री थापाले प्राप्त जानकारी अनुसार कुलपति वा सरकारबाट उपकुलपति कोइरालाले अनु्मति नलिएको भन्दै सरकारी कदमको बचाउ गरे।
‘विदेश भ्रमण या अन्य कतै जानुपरेमा सरकार या सम्बन्धित निकायको अनुमति लिनुपर्छ, उहाँले अनुमति नलिनुभएको मैले बुझेको छु,’ उनले भने, ‘अनुमतिबिना जान हुँदैन भन्ने सरकारको नीति छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।