काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसियाले स्थान पक्का गरेका छन्।
शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा आयोजक रसियालाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेपछि सेमिफाइनल समिकणक पूरा भएको थियो। त्यसअघि इंग्ल्यान्डले स्विडेनलाई २–० गोलले हराएको थियो।
अब सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ। बुधबार क्रोएसिया र इंग्ल्यान्डबीच भिडन्त हुनेछ।
रसिया र क्रोसियाबीचको खेल कस्तो भयो? इंग्ल्यान्डको फाइनल पुग्ने सम्भावना कति छ? बेल्जियम र फ्रान्सले रणनीति परिवर्तन गर्लान्?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।