काठमाडौं– शुक्रबार डल्लुमा ३१ लाख ३३ एक सय २० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
मोतिहारीको मोतिपुर घर भएका करण पोदार र सुरज पोदारलाई चोरीका सामानसहित महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनीहरुले शुक्रबार दिउँसो सोनि श्रेष्ठको घरमा चोरी गरेका हुन्। सोही दिन राती प्रहरीले डल्लु आवास क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
चोरी गरेकामध्ये ६ तोला सुन, मोतीको माला, एक हजार १ सय ३५ अमेरिकन डलर, हिराको औंठी तथा ७२ हजार ४ सय ७२ रुपैयाँ नगद पनि बरामद गरेको छ। उनीहरुको साथबाट लागूऔषध पनि भेटिएको प्रहरीले जनाएको छ।
उनीहरु चोरी गर्नकै लागि काठमाडौं आएको प्रहरीको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।