काठमाडौं– ऋचा शर्मा र अर्पण थापा पुनः एकसाथ पर्दामा देखिँदै छन्। प्रायः फिल्ममा एक साथ देखिने यो जोडी साउन ४ गते सार्वजनिक हुने तयारीमा रहेको फिल्म ‘चक्कर’मा पनि एक साथ देखिन लागेका हुन्।
अनुष्का रौनियारको निर्देशनमा बनेको फिल्मको गत शुक्रबार ट्रेलरसमेत सार्वजनिक भइसकेको छ। ट्रेलरमा यौन मनोविज्ञान र ‘क्राइम थिम’लाई प्रस्तुत गरिएको छ। ट्रेलरमा मुख्य अभिनेता एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व प्रस्तुत गरिएको छ। अर्कातर्फ अभिनेत्री सिर्जना सुब्बा र स्मृती पोखरेलको समलिङ्गी यौन कृयाकलापलाई समेत देखाइएको छ।
ट्रेलरमा अभिनेत्री ऋचा शर्मा भने प्रहरीको भुमिकामा देखीएकी छिन्। प्रहरीको भूमिकामा ऋचाको यो नै पहिलो फिल्म हो।
रविन आचार्यको निर्माण तथा छायांकन रहेको फिल्मलाई निर्देशक रौनियारले नै सम्पादन गरेकी छिन्।
फिल्मको ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।