काठमाडौं- योजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै क्रोएसिया २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पेनाल्टीमा रसियाका लागि जागोभ, इग्नासेभिच र कुजिएभले गोल गरे। तर रसियाका लागि पहिलो हानेका स्मोलोभको प्रहारलाई क्रोएसियाका गोलकिपर सुवासिकले बिफल पारे। यस्तै फर्नान्डेजका प्रहार बाहिरिएको थियो।
क्रोएसियाका लागि ब्रोजोभिक, लुका मोड्रिक, भिडा र इभान राकिटिकले पोनाल्टीमा गोल गरे। क्रोएसियाका क्रोभाकिको प्रहार भने रसियाका गोलकिपरले बचाए।
निर्धारित तथा थप गरिएको सयममा दुवै टिमले २-२ को बराबरीमा सकियो।
३१ मिनेटमा चेरिसेभले अग्रता दिलाउदा ८ मिनेटपछि क्रोएसियाका क्रामरिकलेखेललाई बराबरीमा ल्याए। थप समयको ११ मिनेटमा डोमागोज भिडाले हेडमार्फत गोल गरेर क्रोएसियालाई २-१ ले अघि बढाए। सयम सकिन पाँच मिनेट बाँकी छदा र्नान्डेजले हेडमार्फत गोल गर्दा खेल २-२ को बराबरीमा आएको थियो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।