• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

एमालेले जितेका सिटमा ५० प्रतिशत दाबी हाम्रो हो: बेदुराम भुसाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १, २०७९  १८:२७
1140x725

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। त्यस्तै, चुनावी तालमेलको विषयले पनि चर्चा पाइरहेको छ। ५ दलीय गठबन्धनले चुनावी तालमेलको आधार टुंगो लगाएको छ। अर्कोतिर, नेकपा एमालेले पनि राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेलको सहमति गरेको छ।

पाँच दलीय गठबन्धनले चुनावमा तालमेल गर्ने निर्णय गरिसकेको भए पनि उम्मेदवार टुंगो लगाएका छैनन्। ठोस रुपमा कुन दलको तर्फबाट कहाँ को उम्मेदवार बन्छ भन्ने स्पष्ट हुन सकेको छैन। गठबन्धनभित्र प्राथमिकता पाएको एक शक्ति नेकपा एकीकृत समाजवादीले उम्मेदवारको हकमा कति हिस्सा पाउला भन्ने लगायतका विषयमा सो पार्टीका महासचिव बेदुराम भुसालसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः

स्थानीय तहको निर्वाचनलाई लिएर तपाईंहरुको तयारी कसरी अगाडि बढिरहेको छ?
सर्वप्रथम त नयाँ वर्षको सन्दर्भमा आम नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो वर्ष चुनावी वर्ष हुँदैछ। यो चुनावमा हामीले मुलुकलाई अगाडि बढाउने गरी सफलता प्राप्त गर्न सकौँ। त्यस हिसाबले जनताका प्रतिनिधिहरु छान्न सकौँ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।

हामी विभिन्न हिसाबले तयारीमा लागि रहेका छौं। एउटा त पाँच दलीय गठबन्धनभित्रको सहमति र स्थान विभाजनका सन्दर्भमा तयारीको काम भइरहेको छ। अर्कोतर्फ आन्तरिक रुपमा पनि आफ्नो उम्मेदवारको सन्दर्भमा छलफल भइरहेको छ। विभिन्न मापदण्ड र निर्णय प्रक्रिया पनि निर्धारण गरेका छौं। पाँच दलीय गठबन्धनले गरेको निर्णय र आफ्नो आन्तरिक तयारी दुवैलाई ध्यानमा राखेर हामीहरुले तयारीको कामलाई अगाडि बढाइरहेका छौं।

एकीकृत समाजवादी सबै स्थानीय तहमै निर्वाचनमा भाग लिन्छ कि, तपाईंहरुको सांगठनिक अवस्था देशैभर बनिसकेको हो?
अहिले हामी ७७ जिल्ला, ७५३ पालिका त छँदैछौँ। त्यति मात्र होइन, ६,७४३ वडामा पनि हाम्रो संगठन पुर्‍याएका छौं। निर्वाचन पालिका तहमा मात्रै होइन, वडामा पनि हुन्छ। देशभर हाम्रो उपस्थित छ र चुनावमा पनि उपस्थिति जनाउन चाहन्छौं। त्यसको तयारी हामीले गरिरहेका छौं। यद्यपि तालमेलका कारण हामीले कैयौँ ठाउँ छोड्नुपर्ने पनि होला। कतिपय ठाउँमा अरु पार्टीले पनि छोड्नुपर्ने होला। त्यस्तो अवस्थामा खालि पनि हुन सकौंला। तर, आम रुपमा देशका सबै वडाहरुमा हाम्रो तयारी भइरहेको छ।

गठबन्धन गरेर जाने सहमति भइसकेको छ। तर, अहिलेसम्म कसरी तालमेल गर्ने भन्ने मोडालिटी बनाउने भनेर किन निर्णय गर्न नसक्नु भएको?
हामी केही दिनदेखि छलफल गरिरहेका छौं। हाम्रा बैठकहरु भइरहेका छन्। ती बैठकबाट मापदण्ड र आधारका विषयमा कुराकानी भइरहेका छन्। कसरी तालमेल गर्छौँ भन्ने प्रक्रियाका निश्चित बुँदाहरु निर्धारण गरेर पाँचै दलका नेताहरुको हस्ताक्षरसहित जारी गरिएको छ। पाँचै दलले आ-आफ्नो पार्टी कमिटी (समिति)मा पठाएका छन्। वैशाख ३ गतेभित्र जिल्ला तहका संयन्त्रले जिल्ला भित्रको सहमति कायम गरिसक्ने र प्रदेशमा पठाउने, त्यसको आधारमा प्रदेशले निर्णय गरी केन्द्रमा पठाउने भनेर पाँचै दलको तर्फबाट सर्कुलर पठाइएको छ। त्यस आधारमा काम पनि अगाडि बढेको छ। जिल्ला जिल्लामा बैठकहरु भइरहेका छन्। तिनै आधारमा तालमेल गर्ने हो। त्यसको काम भइरहेकै छ। महानगर र उपमहानगरको सन्दर्भमा केन्द्रीय संयन्त्रले निर्णय गर्ने भनेका छौँ। जिल्ला र प्रदेशबाट गर्नुपर्ने काम भएर आइसकेपछि एकैचोटि केन्द्रको संयन्त्रले महानगर र उपमहानगरको टुंगो लगाउने गरी हामी अगाडि बढ्छौं।

एकीकृत समाजवादीले तालमेल गर्दैगर्दा कहाँ–कहाँ कसरी दाबी प्रस्तुत गरेको छ?
बटमलाइन भन्ने त्यस्तो केही हुँदैन, छलफल गर्दै जाँदा सहमति गर्ने हो। बटमलाइन भनेर अडिएर पार लाग्ने विषय होइन। वस्तुगत स्थिति जस्तो छ, त्यसअनुसार जानुपर्छ भन्ने हो। हाम्रो दाबीको कुराचाहिँ गरेका छौं। एमालेले जितेको सिटमध्ये ५० प्रतिशत हाम्रो हो भनेका छौं। किनभने त्यहाँबाट आधा शक्तिकै रुपमा विभाजित भएका छौं। तर, जति दाबी छ त्यति नै प्राप्त हुन्छ भन्ने पनि हुँदैन। सहमति र छलफल गर्दै जाँदा केमा सहमति हुन्छ, त्यसैअनुसार अगाडि बढ्छौं। हामीले यो हाम्रो बटमलाइन हो, यो नभए छोड्दैनौँ भन्ने हिसाबले अडिन जरुरी पनि छैन। त्यसो भन्नुको मतलब जतिसुकै भए पनि, जस्तोसुकै भए पनि हुन्छ भन्ने पनि हुँदैन। छलफल बहस गर्दै जाँदा जे उपयुक्त देखिन्छ। त्यही नै सहमति गरेर अगाडि बढ्ने हो।

तपाईंहरुको दाबीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका गठबन्धन दल सहमत हुन्छन् त?
यो प्रतिशतको हिसाबमा सहमति हुने नहुने भन्दा पनि छलफलबाट टुंगो लाग्ने विषय हो। शीर्ष नेताहरुको तहमै भएको छलफलबाट हामीले के निष्कर्ष निकालेका छौं भने विगतको निर्वाचनमा प्राप्त गरेको विजय या मतभारलाई आधार बनाउने, सँगसँगै नेकपा एकीकृत समाजवादीको सन्दर्भमा चाहिँ अघिल्लो चुनावमा यसै पार्टीबाट निर्वाचन नलडेको हुँदा र नेकपा एमालेबाट विभाजित भएको मुख्य शक्ति भएको हुनाले त्यसै आधारमा गर्ने। यो निर्णय नै गरिसकेका छौं। नेकपा एमालेबाट विभाजित बनेको मुख्य शक्ति हो, त्यसै आधारमा निर्णय गर्ने भनेर सैद्धान्तिक सहमति नै गरिसकेका छौं। संख्याको हिसाबले किन गरिएन भने कहीँ थोरै होला, कहीँ धेरै होला, सबै ठाउँमा एकरुपता नहोला भनेर हामी संख्यामा गएनौं। तर, एउटा मुख्य शक्ति हो भन्ने हिसाबले नै गर्ने भन्ने हो। त्यस कारणले अब उनीहरु यस विषयमा सहमत होलान् नहोला भन्ने प्रश्न गर्ने त ठाउँ नै रहँदैन नि।

Ncell 2
Ncell 2

६ महानगर र ११ उप महानगरमा तपाईंहरुको भागमा नेतृत्व पर्छ कि पर्दैन त?
किन नपर्नु। यो त प्रश्न गर्ने कुरै भएन नि। हामीले सबै ठाउँमा तालमेल गरेर जाने भनिसकेपछि त सबै तहमा पर्नु परिहाल्यो नि, होइन त।

तपाईंहरुले काठमाडौं र पोखरा महानगरपालिकामा दाबी गरिरहनुभएको छ, होइन त?
हामीले जुन ५० प्रतिशत हिस्सा हो भनिरहेका छौं नि, एमालेले जितेका महानगरमध्ये यिनै दुईवटा हुन्। तिनैभित्रको विभाजन गर्दाखेर हामीले पहिले जसले जितेको थियो, त्यसलाई आधार मान्ने भनेर भनेका छौं। त्यसो भएको हुनाले अरुले पनि आफूले  जितेका अन्य महानगरमा दाबी रहने विषय स्वभाविक नै भयो। हामीले एमालेले जितेको ठाउँमा दाबी गर्नु पनि स्वभाविक नै भयो। किनभने हामी नै एमालेको निरन्तरता भयौं नि त। तर, हामीले त्यो पूर्ण शक्ति नभएर विभाजत शक्ति भएको हुनाले आधा हो भनेका छौं। त्यस हिसाबले हेर्दा पोखरा वा काठमाडौं हुने हो। हामीले पोखरा वा काठमाडौंभन्दा पनि एमालेले जितेको आधा चाहिने हाम्रो भनेर नै दाबी गरेका छौं। त्यसरी गर्दा स्वभाविक रुपमा नै दुईवटा मध्ये एक भन्ने अर्थ लगाउन त सकियो नि।

पाँच दलीय गठबन्धन एकातिर, एमाले एकातिर चुनावमा जाने देखियो। तपाईंहरुले गठबन्धन गर्दै गर्दा असन्तुष्टि पनि देखिन थालेको छ। यसले चुनावमा असर गर्दैन?
पहिलो कुरा दुई खालको गठबन्धन बन्ने देखिएको छ। एमाले एकातिर मात्रै छैन। ऊ सहितको प्रतिगमनकारी शक्तिहरुको एउटा गठबन्धन बन्दैछ। हिजो मात्रै कमल थापासित एमालेले जुन खालको सम्झौता गरियो, त्यसबाट प्रष्ट नै देखिन्छ कि प्रतिगमनकारी शक्तिहरु, राजतन्त्र फर्काउनुपर्छ भन्ने शक्तिहरु, लोकतन्त्रलाई समाप्त पार्न चाहने शक्तिहरुको एउटा गठबन्धन बन्दैछ। अर्कोतर्फ लोकतन्त्रलाई जोगाउन चाहने, वाम–लोकतान्त्रिकको अर्को गठबन्धन बन्दैछ। यो पहिलेदेखि नै निरन्तर छ।

संविधानमाथि जब प्रतिगमनकारी हिसाबले हमला भयो, तबदेखि नै संविधान, लोकतन्त्रको रक्षा गर्ने र मुलुकलाई संविधानले निर्दिष्ट गरेको दिशामा अगाडि बढाउने उद्देश्यका साथ वाम–लोकतान्त्रिक शक्ति बनेको हो। यो अहिले पनि निरन्तर अगाडि बढेको नै छ। स्थानीय तहमा पनि गठबन्धन एकताबद्ध भएर जाने भन्ने निर्णय भइसकेको नै छ। र अर्कोतर्फ एमालेमात्रै होइन प्रतिगमनकारी शक्तिको एउटा गठबन्धन बन्दैछ। यी दुईवटा गठबन्धनको बीचमा चुनाव हुँदैछ। स्वभावैले हामी के विश्वास गर्छौँ भने प्रतिगमन परास्त हुनेछ। त्यसका निम्ति यो वामलोकतान्त्रिक गठबन्धन एकजुट भएर अगाडि बढ्छ। यो अहिलेको आवश्यकता हो। त्यसरी नै यो चुनावमा पनि परिणाम आउँछ भन्ने मलाई लाग्छ।

स्थानीय तहको निर्वाचन सर्ने हो कि भन्ने आशंका पनि आइरहेका छन्। अहिलेको सरकार र गठबन्धन दलको प्रष्ट धारणा के हो?
कतिपय गतिविधिले आशंका जन्माएको छ। खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगमा लिखित रुपमा आचारसंहिता मान्दैन भनेर लेखेर दिएको छ। आचारसंहिता नमान्ने गरी चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा प्रश्न उठेको छ। दोस्रो कुरा, एउटा मुद्दा अदालतमा विचाराधीन छ, त्यो के हुन्छ भन्ने छ। तेस्रो विषय, विप्लव नेतृत्वको नेकपाले पनि आफूहरुलाई पनि चुनावमा सहभागी गराउन भन्दै निर्वाचन आयोगसँग माग गरेको छ। यिनै कारणले गर्दा प्रश्न उठेका छन्। तर, सरकार र ५ दलीय गठबन्धनले यो चुनावलाई सार्नु हुँदैन।

हामी चुनाव घोषित मितिमा नै सम्पन्न गर्नुपर्छ भनेर दृढताका साथ अगाडि बढेका छौं। त्यसो भएको हुनाले जति आशंका भए पनि चुनाव सर्छ भन्ने मलाई लाग्दैन। आएका मागहरुको सम्बोधन कसरी गर्ने भन्ने कुरा छलफल गर्नुपर्ने भयो भने गर्न सकिएला। आचारसंहिता मान्दिन भन्ने कुरामा चाहिँ निर्वाचन आयोगले के भन्छ, उसैले जान्ने कुरा होला। आचारसंहिता नमान्ने पार्टीलाई उसले चुनावमा कसरी सहभागिता गराउँछ। जहाँसम्म विप्लवको कुरा छ, त्यो सम्भव असम्भव कति कुरा हो, खासगरी निर्वाचन आयोगसँग उसले कुरा गरेको हुनाले के जवाफ दिएको हो, त्यो थाहा भएन। प्रधानमन्त्रीसँग पनि विप्लवको हिजो भेट गरेर कुराकानी गर्नुभएको थियो। त्यहाँ के कुरा भयो भन्ने पनि जानकारी प्राप्त भएको छैन। तर, चुनाव सार्ने विषयमा सरकार र पाँचदलीय गठबन्धन जान्न र हामी छैनौं पनि।

नेकपा एकीकृत समाजवादी स्थानीय तहको चुनावमा जाँदा जनता समक्ष के विषयहरु लिएर जाने तयारी गरिरहेको छ?
प्रतिबद्धता पत्रमा समेटनुपर्ने विषय त धेरै छन्। त्यसमा पनि मूल विषय भनेको मुलतः संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्ने नै हो। संविधानले निर्दिष्ट गरेको दिशामा मुलुकलाई अगाडि बढाउने गरी नै जाने हो। समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने नै मुख्य विषय हो। समाजवादको दिशामा अगाडि बढ्नका निम्ति आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटन विकास, कृषि विकास, सिँचाइ, यातायातको क्षेत्र केके गर्ने भन्ने जस्ता विषयहरु छन्। ती सबै विषयलाई नै समेटेर हामीले हाम्रो घोषणापत्र तयार गर्दैछौं।

समाजवादतर्फ मुलुकलाई लैजानका निम्ति, त्यसको आधार तयार गर्नका निम्ति आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, सिँचाइ, पर्यटन, कृषिलगायतका क्षेत्रमा समाजवादको आधार निर्माण गर्ने गरी स्थानीय तहको क्षेत्रबाट गर्ने कामहरु के-के हुन् भन्ने बारेमा हाम्रो छलफल चलिरहेको छ। तिनै विषयमा नै अहिलको अवस्थामा हामीले यति काम गर्न सक्छौं भन्ने र त्यसलाई शुद्धीकरण गरेर नै हामी जनताको बीचमा लिएर जान्छौं।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्