काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
शनिबार राति अन्तिम क्वार्टरफाइनलमा क्रोएसिया विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। त्यसअघि इंग्ल्यान्डले स्विडेनलाई २-० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो।
यस्तै शुक्रबार फ्रान्सले उरुग्वेलाई २-० गोलले हराएको थियो भने बेल्जियमले ब्राजिललाई २-१ गोलले पराजित गरेको थियो।
अब सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार राति भिडन्त हुनेछ।
योसँगै विश्वकपका ६० खेल सकिएका छन्। अब ४ खेल बाँकी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।