काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ७१५ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रममितको संख्या ९ लाख ७८ हजार ६३१ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट संक्रममितको संख्या १ लाख ४० हजार १५७ रहेको छ।
पछिल्लो समय थप ४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार १६० पुगेको छ। यो दर ९८.७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय ५६ हजार ७३५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।
हाल सक्रिय संक्रमितको संख्या ५२० रहेको छ। अहिले होम आइसोलेशनमा ४९६ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आईसीयूमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।