काठमाडौं– नेपाल विद्यार्थी संघका चार उपाध्यक्ष र महामन्त्रीले संघका सभापति नैनसिंह महरले १२औं महाधिवेशनको वातावरण बिगार्न खोजेको आरोप लगाएका छन्।
उपाध्यक्षहरु प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी र महामन्त्री कुन्दनराज काफ्लेले संयुक्त विज्ञप्ति निकाल्दै सभापतिले महाधिवेसनको सुनिश्चतता नगरी मनोनीत गर्न लागेको उल्लेख गरेका छन्। आपसी समझदारीबिना गरिने सबैखाले मनोनयन महाधिवेशन नगराउने नियतले भएको विज्ञप्तिमा जनाइएको छ।
‘बहुमत केन्द्रीय सदस्यहरु विधि र विधानसम्मत रुपमा समयमा महाधिवेशन गर्न लागिरह्यौं, तर सभापतिको अग्रसरता महाधिवेशन हुन नदिनतिर रह्यो’, महाधिवेशन नगराउने नेतृत्व विरुद्ध उभिन आह्वान गर्दै विज्ञप्तिमा भनिएको छ।
संघको महाधिवेशन साउन अन्तिम साता गर्ने भनिए पनि विवादका कारण समय यकिन हुन सकेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।