• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेवातालको शहरमा एउटा रंगीन परिवार

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  ०३:१४
1140x725

पोखरा महेन्द्रपुलबाट पूर्वी–दक्षिण बाटोको सानो गल्लीमा छिरेर केही मिनेट हिँडेपछि ‘बुद्धिज् एटेलिएर’ लेखिएको सेतो घर देखिन्छ। घरभित्र पस्नासाथै कुनै ग्यालरीमा पुगे जस्तै महसुस हुन्छ। भित्ताभरि चित्रहरु छन्।

कोठामा रङको ताजा सुवास छ, भुइँमा तप्किएका रङका छिर्काहरु आफैंमा चित्र जस्ता देखिन्छन्। ग्यालरीको झल्को दिने यो घरको विशेषता के हो भने, परिवार नै कुची र रङमा रमाउँछन्। 

यो घर हो– पोखरालाई ‘स्कुल अफ वाटर कलर’को रुपमा चिनाउने कलाकार बुद्धि गुरुङको। उनी पोखराकै पाका चित्रकारमध्ये पर्छन्। उनका तीन छोरी कृति, हेमाकान्ति र ज्योति पनि क्यानभासमै मग्न हुन्छन्। श्रीमती घर सजाउने, स्याहार्ने आमा त हुँदै हुन्, सद्‌भाव र प्रेमको चित्र कोर्न पनि खप्पिस छिन्।

रङबाट महिलाको पक्षमा वकालत

गुरुङ दिदीबहिनीलाई कलाप्रतिको रुची घरकै वातावरणले खचाखच भरिदियो। सानो छँदा उनीहरु बुवाले चित्र बनाएको देखिरहन्थे। त्यसै क्रममा रङसँग कतिबेला मोहनी गाँसियो, पत्तै भएन। 
कुची समाएर जानीनजानी रङसँग खेल्न थाले। विद्यालयमा हुने चित्रकला प्रतियोगितामा भाग पनि लिए। लगाव थप बढ्दै गयो। 

बुवाले बेलाबेलामा चलाउने कार्यशालामा भाग लिन आउने महिला कलाकारसँग उनीहरुको चिनजान भयो। सम्बन्ध विस्तारसँगै अनुभव साटफेर गर्न गाह्रो भएन। त्यतिबेलासम्म उनीहरु राम्रै चित्र बनाउने सक्ने भइसकेका थिए। 

पंक्तिकार उनको घरमा पुग्दा बुद्धि आफ्नै क्यानभासको छेउ–कुना मिलाउँदै थिए। जेठी छोरी कृति अध्ययनका लागि जापान रहेकाले २ छोरी हेमकान्ति र ज्योति मात्र भेटिए।  

उनीहरुले कलाकारितामा प्रवेश गर्दाताकाका पुराना दिन सम्झिए।

Ncell 2
Ncell 2
nimb
nimb

चित्रकारितालाई नै कर्मक्षेत्र बनाउनेमा यी दुई बहिनीको विगतमा समान अडान रहेनछ। ज्योतिलाई चित्र बनाउन मन परे पनि भविष्यमा यही क्षेत्रमा रहने योजना थिएन। बिबिएस पढ्थिन्। कुनै बैंकको जागिरे भएर घुम्ने कुर्चीमा बसूँला भन्ने सोच्थिन्।

हेमकान्ति भने सानैदेखि चित्र बनाउन रुचि राख्थिन्। साथीहरु पनि चित्र बनाउँथे। भविष्यमा के बन्ने भनेर साथी–सर्कलमा सोधिँदा कोही ‘डाक्टर’ भन्थे त कोही ‘पाइलट’। उनी एक्ली थिइन्, ‘चित्रकार बन्छु’ भन्ने। उनले चित्रकलालाई यति प्रेम गरिन्, ‘यो क्षेत्रमा भइनँ भने के बन्छु होला?’को उत्तर खोज्नतिर कहिल्यै लागिनन्।

सानोमा सँगसँगै चित्र कोर्ने अरु पोखरेली चेलीहरु समयक्रममा यो क्षेत्रमा रहेनन्। तीन दिदीबहिनीलाई चित्रकार बुवा–आमाकै आडभरोसाले रङ र कुचीमा बाँधिराख्यो। 

सँगैका साथीहरु यस क्षेत्रबाट हराउँदा उनीहरु सोच्थे, ‘बरु सहकार्य गरेर पोखरेली नारी कलालाई चिनाउन पाए हुन्थ्यो।’ 

तिनताका महिला कलाकार कम हुनु र पुरुषसँगै काम गर्नु उपलब्धि र चुनौती दुवै थियो। कला प्रदर्शनी होस् या तालिम, पुरुषहरुले महिलालाई हेर्ने दृष्टिकोण सम्मानजनक नभई हेपाहापूर्ण थियो। त्यो अवस्थामा ‘नारीले पनि केही गर्न सक्षम छन्’ भन्नु सजिलो भए पनि गर्न गाह्रो थियो। तर, केही गरेर देखाउने संकल्प उनीहरुभित्र सलबलाइरहेको थियो। 

त्यसै क्रममा महिला चित्रकलालाई अघि बढाउन संगठनको खाँचो उनीहरुले महसुस गरे। 

‘क्यानभासमा रङ पोतेर मात्र हुँदैन, त्यो रङले महिलाको पक्षमा पनि वकालत गर्नुपर्छ’, संगठनको बीउ रोप्ने बेलाको सोच हेमकान्तिले स्मरण गरिन्। 

त्यही सोच अनुसार उनीहरुले खोले– ‘सिर्जनशील कलाकार समूह।’ समूहकै अग्रसरतामा पहिलो पटक ३ बहिनीले पोखरामा ‘थ्री सिस्टर्स आर्ट एक्जिबिसन’ को नाममा संयुक्त चित्रकला प्रदर्शनी गरे। 

‘महिला कलाकार, त्यो पनि एउटै परिवारका। तीन दिदीबहिनीले एउटै मञ्चमा प्रदर्शनी गर्दा सबै अचम्ममा परेका थिए’, ज्योतिले सुनाइन्।
  
‘फ्यामिली’ परिवारको जन्म

संयुक्त प्रदर्शनीबाट उत्साहित भएका तीन बहिनीलाई पोखराका महिला कलाकारलाई एकीकृत गर्नुपर्छ भन्ने लाग्यो। सबै महिला कलाकार जम्मा गरेर संस्था बनाए– ‘पोखरा वुमेन आर्टिस्ट फ्यामिली।’ 

उनीहरुसँगै अलिता गुरुङ, मिना गुरुङ, लिना गुरुङ, सोफिया गुरुङ, ओसुवा गुरुङ, क्यान्डी इयोङ वेङ सान पनि सामेल भए। महिला कलाकारलाई नै लक्षित गरेर पोखरामा खुलेको त्यो पहिलो संस्था थियो, जसले यी कलाकार बहिनीको परिचय पनि फराकिलो बनायो।

आर्टिस्ट फ्यामिलीले पोखरा र काठमाडौंमा चित्रकला प्रदर्शनी तथा तालिम सञ्चालन गर्दै आएको छ। प्रकृति नै सुन्दर चित्र जस्तो लाग्ने पोखरामा फ्यामिलीले क्यानभासमा प्रकृति उतार्ने काम सुरु गर्‍यो, चार वर्षअघि। जसले ‘नेपालको मुहार’ शीर्षकमा प्रदर्शनी गरेर पोखराको नारी कलालाई उजागर गर्‍यो।  १० जनाबाट सुरु भएको फ्यामिलीमा अहिले ४ जना थपिएका छन्। संस्थाले सन् २०१४ बाट २०१८ सम्मका लागि ‘कल्चर एक्सचेन्च आर्ट वर्कसप’ अभियान चलाइरहेको छ। जसबाट प्रत्येक वर्ष राम्रा कलाकारको जन्म भइरहेको छ। 

त्यसो त बुवा–आमाबाट कलाकारितामा प्रेरणा र प्रोत्साहन पाएका उनीहरुलाई संस्थागत रुपमा लाग्नुपर्छ भन्ने ज्ञान 'वुमेन आर्टिस्ट ग्रुप अफ नेपाल’ले दिएको हो। सोही समूहले काठमाडौंबाट आउने राष्ट्रिय स्तरका कलाकारसँग भेट पनि जुराइदिएको हो। 

रङ मार्फत नै प्रहार गर्ने, प्रश्न र उत्तर बर्साएर कायल पार्ने उनीहरुलाई शब्दको कठघरामा राखेर सोधियो– चित्रकला के हो?

हेमकान्तिले एकछिन हाँस्नमा समय खर्चिइन् र एकाएक गम्भीर भएर भनिन्, ‘डिप्रेसन होस् या ह्यापिनेस दुवैलाई पोख्न सकिने एउटा बाटो र पाटो हो।’ 

चित्रकलामा कुनै रोकटोकबिना स्वतन्त्र हुन पाउने भएकैले यो क्षेत्र प्रिय लागेको उनले सुनाइन्। 

ज्योति भने चित्रकलालाई अभिव्यक्तिको प्रभावकारी माध्यम ठान्छिन्।

‘सोचेका र लागेका कुरालाई एक्सप्रेस गर्ने अन्तिम एउटा ठेगाना नै चित्रकला हो। चित्रको फिलिङ्समा डुब्न मात्रै चित्रकार हुनु जरुरी छैन’, उनको भनाइ छ। 

रङभित्र/बाहिरका रुची

हेमकान्तिले रुचीकै क्षेत्रलाई पेसा बनाएकी छिन्। बगरस्थित एक निजी स्कुलमा ‘आर्ट टिचर’को रुपमा काम गर्छिन्। 

चित्र बनाइरहँदा ध्यानमा बसेको योगी हुन्छिन् उनी। 

‘कसैले डिस्टर्ब नगरिदिए हुन्थ्यो झैं लाग्छ’ उनी भन्छिन्। घरमा एकले अर्कालाई बाधा नपुर्‍याउने अलिखित सहमति नै छ। चित्र बनाउँदा पर्पल र गाढा नीलो रङ प्रयोग गर्न रुचाउँछिन्। 

हेमकान्तिलाई गीत सुन्न र नाच्न पनि मन लाग्छ। कुनै समय नृत्य कक्षामै जान्थिन्।

‘तर चित्रकलासँग जस्तो प्रेम भने नृत्यसँग भएन’, उनी भन्छिन्। 

खाली समयमा युट्युबमा घन्टौं झुम्मिने उनको बानी छ। कोरियन, डच, जर्मन, हिन्दी भाषामा दखल राख्ने उनले यी भाषाहरु फिल्म हेरेर सिकेकी हुन्। अहिले पोखरेली युवा सांस्कृतिक परिवारको कला संयोजक रहेकी उनको लक्ष्य छ, नेपाली कलालाई विश्वमा चिनाउने। 

ज्योति पनि आर्ट टिचर नै हुन्। मन्टेसरीमा कलिला नानीहरुलाई रङबाट जीवनको पाठ सिकाउने प्रयास गर्छिन्। ती बच्चाहरुको हातमा रङ पोतिएको दृश्य उनलाई सबैभन्दा प्रिय लाग्छ। 

पोखरामा फाइन आर्ट कलेज नभएको बेला बाबा नै आफ्नो लागि विश्वविद्यालय बनेको उनको भनाइ छ। कलासँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध उनलाई पानी रङ असाध्यै मन पर्छ। 

‘मलाई वाटर कलरमा बढी खुलेको महसुस हुन्छ’, मन पर्नुको कारण सुनाउँछिन्।

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्