• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

महानगर भागबन्डा गर्दै सत्तारुढ दल, गत निर्वाचनको गणितबाट यस्तो देखिन्छ सम्भावना

64x64
नेपाल लाइभ मंगलबार, चैत २९, २०७८  ११:३४
1140x725

काठमाडौं– सत्तारुढ दलले देशभरकै तालमेलको मोडालिटी र केन्द्रबाटै निर्णय गर्ने भनिएको महानगर र उपमहानगरको भागबन्डाका लागि मंगलबार बैठक तय गरेको छ। बैठकबाट ६ महानगर र ११ उपमहानगरमा कुन दलको प्रमुख र कुन दलको उपप्रमुख समेतको टुंगो लगाउने तयारी छ। 

गठबन्धनका साझेदार दलले जितेका पालिका उनीहरुले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने सैद्धान्तिक छलफल यसअघि नै गरिसकेको छ। त्यहीअनुसार ६ महानगरमा भागबन्डा गर्दा ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा)ले पाउने तय छ। एमालेले जितेका काठमाडौं र पोखरामा भने भागबन्डा हुनेछ। काठमाडौंमा कांग्रेसले छाड्ने सम्भावना कम छ। सकेसम्म पोखरामा पनि प्रमुख आफैं राखेर उपप्रमुखसम्ममा गठबन्धन साझेदारलाई ल्याउन सक्ने सम्भावना छ। 

तर, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले प्रमुखको दाबी नछाडेका खण्डमा पोखरा छाडिदिन सक्छ। पोखरा महनागरमा २०७४ सालमा कांग्रेस एमाले भन्दा धेरै कमजोर देखिएको थियो। एमाले फुटको असर सवैभन्दा कम देखिने प्रदेश नै गण्डकी रहेको छ। त्यसले पनि कांग्रेसलाई निश्चित नभएको महानगरमा सौदाबाजी गर्न समस्या देखिँदैन। 

विराटनगर
विराटनगरमा कुल मतदाता २ लाख १८ हजार ५२६ छन्, जसमध्ये महिला १ लाख ११ हजार ८५२ र पुरुष १ लाख ६ हजार ६७४ छन्। २०७४ को निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए। उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो। माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो, जसमा फोरमबाट मेयरको उम्मेदवार रहेका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए। 

सत्ता गठबन्धनभित्र विराटनगर कांग्रेसकै भागमा पर्ने सम्भावना छ। कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सघाउँदा पुनः मेयर र उपमेयर जित्ने सम्भावना देखिन्छ। तर कांग्रेसको स्थानीय महानगर कार्य समितिले कुनैपनि पदमा अन्य दललाई भाग नदिने निर्णय गरिसकेको छ। स्थानीयस्तरमा अन्य दलले छुट्टै गठबन्धन गर्ने प्रयास जारी राखेका छन्। उक्त महानगरमा गठबन्धनका अन्य दलभन्दा जसपाको दाबी बलियो छ।

वीरगञ्ज 
वीरगञ्जको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६६३ मत ल्याएकी थिइन्। 

सरावगी अहिले एमाले प्रवेश गरेका छन्। तेस्रो स्थानमा रहेका राजेशमान सिंह जसपामा पुगेका छन्। गएको निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १९६ मात्र थियो। त्यसमा पनि विजयी उम्मेदवार नै अर्को पार्टीमा पुगेकाले कांग्रेसले छाड्न चाहँदैन। तर गठबन्धन कायम राख्ने सहमति गर्दा जसपालाई नै दिनुपर्ने बाध्यता छ। गठबन्धनबाट सिंह उम्मेदवार बन्दा  एमालेबाट भने सरावगी पुनः मेयरको उम्मेदवार हुने लगभग पक्का छ।

भरतपुर 
भरतपुरमा माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

भरतपुरको मेयरको मत हेर्दा कांग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो। यसरी हेर्दा माओवादीले एकल रुपमा भरतपुरको मेयर जित्ने सम्भावना छैन। कांग्रेससहितका दलसँग चुनावी तालमेल गरेर माओवादीले मेयर पाएमा पनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ। यसपल्ट चितवनका कांग्रेसमा असन्तुष्टि चुलिएको छ।

चितवन कांग्रेसले मागेको उम्मेदवारको सूचीमा २५ जनाले नाम दर्ता गराएका छन्। गठबन्धनमा आउने सम्भावित दरारलाई ख्याल राख्दै एमालेले विजय सुवेदीलाई अघि सारेको छ। विभाजनको न्युन असर रहेका कारण पनि सुवेदीको उम्मेदवारी गठबन्धनलाई सहज नहुने आंकलन गर्न थालिएको छ। माओवादी केन्द्र, त्यसमा पनि रेणु दाहालले नै प्राप्त गर्दा जित सुनिश्चित भने देखिँदैन। 

यसअघि दाहालले चुनावी मतपत्र च्यातेर जितेको आरोप छ। त्यो आरोप नपखालिएकाले माओवादीका अन्य उम्मेदवार उठ्दा पनि त्यसको नोक्सानी उसले बेहोर्नुपर्नेछ। 

यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो। राप्रपाका बद्रीनाथ तिमिल्सेनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्। अहिले राप्रपा विभाजित छ। एक समूहले एमालेलाई सघाउने बताइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोखरा 
२०७४को निर्वाचनमा पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्। माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्। 

माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७०२ छ। अहिले एमाले विभाजन भएकाले त्यसको असर स्थानीय निर्वाचनमा पर्ने आकलन छ। पोखरा महानगर गठबन्धनमा नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ। गठबन्धनका सवै दलले नेतृत्व पाउने अवस्था रहँदा समाजवादीले प्राप्त गर्ने बलियो सम्भावना रहेको महानगर पनि यही मात्र हो।

ललितपुर 
ललितपुरमा यसअघि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो। मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६४२ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यन्जनकारले २४ हजार ३१६ मत पाएका थिए। महर्जन र ब्यन्जनकारबीच मतान्तर ३२६ मात्र थियो। 

माओवादीका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए। ललितपुरमा कांग्रेसलाई गठबन्धनले सहयोग गर्दा एमालेका लागि कठिन देखिन्‍छ। गएको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका व्यन्जनरकार यसपल्ट दोहोरिने निश्चित भएको छ। माओवादी समेत विभाजित रहेकाले जित्ने आकलन उनको देखिन्छ। 

काठमाडौं 
काठमाडौं महानगरपालिका एमालेले जितेको हो। काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर मेयरमा विजयी भएका थिए। शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए। मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए। 

कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएका थिए। उनलाई एमालेको साथ थियो। माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३ मत ल्याएकी थिइन्।

गठबन्धनको भागबन्डामा अरुले दाबी गरेपनि राजधानीको महानगर कांग्रेसले आफूसँगै राख्न जोडबल गर्नेछ। यसअघि उपप्रमुख जितेको दाबी छँदैछ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारसमेत हावी हुने गरेका छन्। स्वतन्त्रले जित्ने नै सम्भावना कम रहेपनि दलको अंकगणित भने बिगार्ने गरेका छन्। यसपल्ट बालेन शाह, सुनिता डंगोल, रमेश खरेल आदिले स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्