काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरुलाई पनि आह्वान गरेका छन्।
गृहमन्त्री थापाले युवाहरु लागूपदार्थ दूव्र्यसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखे।
नेपाल मगर संघले मगर खेलाडीहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले खेलकुद क्षेत्रको माध्यमबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको बताए। खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर पनि मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाइ छ।
गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिएको दावीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।