काठमाडौं– नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोको मेलम्ची नगरपालिकाको मेयर तथा उपमेयरका लागि तीन– तीन जनाको नाम सिफारिस गरेको छ।
सोमबार सम्पन्न पार्टीको नगरकमिटी बैठकले मेयर र उपमेयरमा नाम सिफारिस गरी माथिल्लो निकायमा पठाएको हो।
मेयरमा सिफारिस हुनेमा चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आले रहेका छन्। घोरासैनी नगरको १३ नं वडाका अध्यक्ष हुन्।
त्यसैगरी उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी बस्नेत र मिथिला सिग्देलको नाम सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।