काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संसदीय दलका उपनेता सुवास नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।
उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्ने योजना पनि अघि सारे। उनले संविधान सम्झौताको दस्तावेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई आह्वानसमेत गरे।
शनिबार नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले नेपाली जनता आँफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दावी समेत गरे।
उपनेता नेम्वाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अब मुलुकमा विद्रोहको कुनै आवश्यकता नरहेको जिकिर गरे। पूर्व सभामुख समेत रहेका नेम्वाङले आवश्यकता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्नेमा पनि जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।