बाजुरा- नेकपा एमालेले बाजुराका दुईटा नगरपालिकाका मेयरका उम्मेदवार सर्वसम्मत रुपमा टुंग्याएको छ।
सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा अमर खड्का सर्वसम्मत उम्मेदवार चयन भएका छन् भने बुढिनन्दा नगरपालिकामा जनक बोहोरा सर्वसम्मत रुपमा चयन भएका हुन्।
बुढीनन्दा नगर कमिटीले केही दिनअघि नै उम्मेदवार सिफारिस गरेको थियो भने एमाले बडिमालिका नगर कमिटी बैठकले खड्कालाई एमालेबाट सर्वसम्मत उम्मेद्वारका रुपमा सोमबार सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।
बडिमालिकाको उपमेयर भने जिल्ला कमिटीले टुंग्याउनुपर्ने भएको छ। कमिटीले दुर्गा रोकाया थापा, सीता बराल थापा, नन्दा थापा, कल्पना महत, तुला पाध्या र तुल्छीनाथ गिरीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।