काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट पाँच पटकको विश्वविजेता ब्राजिल बाहिरिएको छ। शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा ब्राजिललाई बेल्जियमले २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
यता अर्को खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। योसँगै विश्वकपमा युरोपियन टिममात्र बाँकी रहेका छन्।
प्रतियोगिताअन्तर्गत शनिबार राति क्वार्टफाइनलका अन्तिम खेल हुँदैछन्। पौने आठ बजे स्विडेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ भने मध्यराति आयोजक रसिया र क्रोएसिया भिड्दैछन्।
दाबेदार मानिएको ब्राजिल किन क्वार्टरफाइनलमै रोकियो? सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच हुने भिडन्त कस्तो होला? सेमिफाइनल पुग्ने अन्तिम २ टिम को–को बन्लान्?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।